नेपाल आयल निगम नाफामा, तर पेट्रोलियम पदार्थको मूल्य नघट्ने

148
0
Share:

नेपाल आयल निमग आगामी १५ दिनमा करिब ३९ करोड रुपैयाँ नाफामा जाने प्रक्षपण गरिएको छ । हवाई इन्धन र मट्टितेलमा हुने नाफासमेतलाई गणना गर्दा समग्रमा निगम अगामी १५ दिनमा करिब ३९ करोड नाफामा जाने प्रक्षपण गरिएको छ ।

यद्यपि निगमलाई भारतीय आयाल कर्पोरेसन (आईओसी)बाट आज (आइतबार) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची प्राप्त भएको छ । जहाँ पेट्रोल १.७४ प्रतिलिटर, डिजेल ६.३४ प्रतिलिटर र हवाई ईन्धनमा १०.२५ प्रतिलिटर र एलपी ग्याँसमा ३२५.४४ प्रति सिलिण्डर बढेर आएको निगमले जनाएको छ ।

तर यसअघि तीन पटक घटेर मूल्य सूची आए पनि निगमले मूल्य घटाएको थिएन । तसर्थ यसपटक बढेर आए पनि मूल्य यथावत रहने र समग्रमा निमत १५ दिनभित्र ३९ करोड नाफामा जाने निगमले आइतबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्