ठेचोमा १२ बर्षे भोज सम्पन्न

Share:

२४ असोज ०७९ , ललितपुर ठेचो        गोदावरी १२ ठेचोस्थित नवदुर्गा भवानीको बाह्र बर्षे जात्रा अन्र्तगत दे भोज आज खुवाइएको छ ।
भोजमा हरेक घरका एक ब्यक्ती सहभागी भएका थिए भने देवगणले कमलको पातमा एक एक परिकार पस्केका थिए ।

हरेक बाह्र बर्षमा मनाइने यो जात्रामा ठेचो र सुनाकोठीबासीलाई भोज खुवाइन्छ ।एक लाइनमा बस्नु पर्ने उक्त भोजमा एक लाइन लस्करै बसेका थिए । बर्षाका कारण भोज कार्यक्रम केही ढिला गरेर सुरु भएको थियो ।

भोज हेर्न हजारौं मानिस  भेला भएका थिए । भोज दुरीखेलबाट झण्डै एक किलोमिटर टाढासम्म स्थानीयबासी लाइन बसेका थिए ।
भोजमा सहभागीहरुले विभिन्न परिकार पोको पारेर घर लगेर परिवारको साथमा खाने चलन छ ।

जात्रामा उर्जा तथा जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल,ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन,गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलगायत सहभागी भएका थिए ।

जात्रा येहि आउदो चैत्रसम्म चल्ने नवदुर्गा भवानी गुठीले जानकारी दिएको छ ।

      

कमेन्ट गर्नुहोस्