दशैंको महानवमीका दिन मंगलवार देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । मंगलवारको वर्षाले गर्दा दशैंका क्रममा मानिसहरूलाई आवतजावतमा पनि कठिनाइ भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको र मंगलवार प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ ।
अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही भूभाग तथा बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मौसमविद् सजिना शाक्यका अनुसार मंगलवार मध्य तथा पूर्वी भागमा हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । विजया दशमीको दिन बुधवार देशको पश्चिम भागमा भारी वर्षाको सम्भावना रहेको छ भने अन्य स्थानमा हल्का वर्षा हुनेछ ।
महाशाखाका अनुसार मंगलवार राति पनि बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा थोरै र प्रदेश १, मधेश प्रदेशका १र२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
विजया दशमीको दिन बुधवार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान गरिएको छ ।