जाजरकोटमा मकै भित्र्याउँदै, दशैं मनाउँदै

Share:

रकुम पश्चिम र डोल्पाका कृषक वर्षेबालीको रूपमा रहेको मकै भित्र्याउन थालेका छन् । मौसम पूर्व अनुमान विभागले पानी पर्ने आकलन गरेसँगै स्थानीय किसान मकै भित्र्याउनेमा जोड दिन थालेका हुन् ।

३ जिल्लाको लागि मकै खेती सबै ठुलो बाली हो । मकै भित्र्याएसँगै खनतोज गरेर तोरी अथवा गहुँ लगाउने गरिन्छ । आकाशे पानीको भरमा लगाइने तोरी र गहुबाली जमिन ओसिलो हुँदै लगाउने पर्ने बाध्यता छ ।

मकै भित्र्याएको लामो समयसम्मा जमिन खाली राखेमा ओसिलो पन हराउँदै जाने भएकाले छिटोभन्दा छिटो खनजोत गरेर काम पुरा गर्नुपर्ने बाध्यता रहेको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले बताए ।

माथिल्लो भागमा मकै भित्र्याउने क्रम जारी रहेको छ भने तल्लो तथा मध्यभागमा तोरी र गहँु लगाउने काम शुरू भइसकेको उनले जानकारी दिए । ढिला गरेर तोरी र गहुँ रोपेमा उम्रिने समस्या हुने भएकाले किसान दशैंभन्दा बढी खेती किसानीतर्फ नै केन्द्रित हुनुपरेको पञ्च भयार मावि नलगाडका शिक्षक वीरबहादुर खत्रीले बताए ।

हिउँदे बालीको लागि काम गर्नुपर्ने भएकाले किसान खेतबारीमै दशैं मनाउने अवस्थामा पुगेको रुकुमपश्चिम आठबीसकोटका तिलक बटालाले बताए । गाउँमा पहिले जस्तो पिङ लगाउने, मेला जाने अवस्था कम हुँदै गएको उनको बुझाइ छ । गाउँमा युवाको संख्या समेत कम छ ।

वैदेशिक रोजगारीका कारण युवा गाउँमा कम मात्रामा छन् ।

गाउँगाउँमा मदिराको बढी व्यापार हुने भएकाले गाउँमा घुम्ने वातावरण नभएको बारेकोट गाउँपालिका–५ का गणेश शाही बताउँछन् ।

कमेन्ट गर्नुहोस्