सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजनाअन्तर्गत पहिलो महिनाको १ तोला सुन विजेताको नाम घोषणा गरेको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनोट गर्दा कोरियाबाट रेमिट्यान्स पठाउने रीना कुमारी तामाङले १ तोला सुन जित्न सफल भएकी छन् ।
सोही योजनाअन्तर्गत भदौ १५ देखि असोज ११ गतेसम्म अन्य चार जनाले साप्ताहिक उपहार १०र१० तोला चाँदी जित्न सफल भइसकेका छन् । साउदी अरबबाट नरेश यादव, कुवेतबाट शम्भुबहादुर सार्की नेपाली, जापानबाट उज्ज्वल पुडासैनी साथै मलेसियाबाट रेमिट्यान्स पठाउने पुरण रोक्का गरी ४ जनाले १०र१० तोला चाँदी जित्न सफल भइसकेका छन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते नेपालीहरूको महान चाड २०७९ सालको दशैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गसँग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको थियो । सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ ।
कम्पनीका अनुसार यस ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायोे’ अफर भदौ १५ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुनेछ । यो अवधिभरि सिटी एक्सप्रेसमार्फत देश–विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुने छैन ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।