
कोहीको हातमा टिकट छ । कोही टिकट काट्नको लागि हतारमा छन् । कोही बस चढेर आफ्नो गतव्य कहिले पुगिएला भनेर उत्साहित छन् त कोही टिकट नपाएर निरास । यो काठमाडौंको नयाँ बसपार्कका दृश्यहरु हुन् ।
नेपालीहरुको महान चाड वडादशैँ सुरु भएसँगै उपत्यका छाड्नेको भिड दिनहुँ बाक्लिन थालेको छ । कर्मथलो छाडेर जन्मथलो फर्कनेको भिड नयाँ बसपार्कमा देखिन्छ । हातमा झोला बोकेर कोही गाडी कुरिरहेका छन् भने कोही टिकट नपाइने होकी भन्ने चिन्तामा छन् । दशैँमा घर जान सबैलाई चटारो देखिन्छ ।
तस्वीरहरु :
कमेन्ट गर्नुहोस्