अनलाइन सपिङ अहिले सामान्य कुरा भइसकेको छ । सबैले घरमै बसेर अनलाइन सामान अर्डर गर्न रुचाउँछन्। घरमै बसीबसी आफूले भनेजस्तै सामान अनलाइनबाट अर्डर गर्न सकिने भएपछि पछिल्लो समय मान्छेहरु बजार जानभन्दा अनलाइन अर्डर गर्न नै रुचाउँछन् ।
अब चाडपर्वको सिजन पनि आउँदै छ । त्यसैले पसलदेखि अनलाइन सपिङ एप्लिकेसनसम्म जताततै ठूलो छुट र धेरै प्रकारका अफरहरू छन्। यी अफरको फाइदा उठाउन मानिसहरूले किनमेल पनि गर्न थालेका छन्। Amazon, Flipkart र Meesho सँगसँगै, सबै किनमेल अफरहरूले भरिएका छन् । तर कहिलेकाही अनलाइनमार्फत एउटा सामान अर्को सामान पुग्ने गरेको उदाहरणहरु हामीले बेला बेलामा सुन्दै पनि आइरहेका छौं ।
भारतको बिहारमा पनि यस्तै एउटा घटना घटेको छ । एक व्यक्तिले मेसोबाट ड्रोन क्यामेरा अर्डर गरेका थिए तर उनले यो पार्सल पाएपछि ड्रोन क्यामेरा बाहिर निस्किएन । पार्सल लिने क्रममा ती व्यक्तिले डेलिभरी एजेन्टलाई पार्सल खोल्न भने, त्यसपछि डेलिभरी ब्वाईले पार्सल खोल्दा ड्रोन क्यामेराको सट्टा १० वटा आलु थियो ।
जानकारीका अनुसार उनले यो ड्रोन क्यामेराको भुक्तानी अनलाइनबाट गरेका थिए । तर प्याकेटमा आलु थियो । उक्त घटनापछि डेलिभरी एजेन्टलाई वरपरका मानिसहरूले घेरा हालेका थिए । तर उनले यो ठगीमा आफ्नो गल्ती नभएर मेशोको हात रहेको बताए । एजेन्सी