सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण

168
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/asian-devlopment-bank-ADB-1024×683.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/asian-devlopment-bank-ADB-768×512.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/09/asian-devlopment-bank-ADB-1536×1024.webp 1536w, arthasanjal.com/wp-content/uploads/2022/09/asian-devlopment-bank-ADB.webp 2048w” sizes=”(max-width: 450px) 100vw, 450px” />

एसियाली विकास बैंक (एडीबी) एडीबीले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । एडीबीले सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक २०२२ मा सन् २०२३ मा नेपालको अर्थतन्त्र अझ खस्किने उल्लेख छ ।

सार्वजनिक प्रतिवदेनमा सन् २०२४ मा नेपालको वैदेशिक मुद्राको संचितिमा अझ गिरावट आउने र मुद्रास्फितीमा थप दबाब पर्नेसमेत जनाइएको छ । प्रतिवेदन सार्वजनिक गर्दै नेपालका लागि एडिबीका कन्ट्री डाइरेक्टर आनो कुस्वाले कोभिड १९ महामारीपछिको लकडाउन, डेंगु ज्वरोको प्रकोप लगायतले नेपालको स्वास्थ्य प्रणालीलाई कमजोर बनाइदिएको बताए ।

एडीबीले सन् २०२२ मा नेपालको अर्थतन्त्रमा ५.८ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

कमेन्ट गर्नुहोस्