
पछिल्लो समय नेपाली पुँजीबजारमा नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्सको कुरा चर्चामा छ । लामो समयदेखि रोकिएको नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढेसँगै यो विषयले चर्चा पाएको हो ।
धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल विभिन्न चुनौतीसँग लडेर नै लामो समयदेखि गिजोलिएको नयाँ ब्रोकरको लाइसेन्स वितरण प्रक्रियालाई अघि बढाएका छन् । नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स केका लागि ? यसका उद्देश्यहरु के–के छन् ? अब कसरी अगाडि बढ्छ ? यीनै विषयमा रहेर नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालसँग गरिएको कुराकानी ः
तपाईँले नेपाल धितोपत्र बोर्डको नेतृत्व सम्हालेको पनि ६ महिना बितिसक्यो । लामो समयदेखि नेतृत्वविहीन बनेको बोर्डमा तपाईँको आगवामनसँगै के–के कस्ता परिवर्तन भए ? यहाँभित्रका कमीकमजोरीलाई कसरी सुधार गरेर अगाडि लैजाँदै हुनुहुन्छ ?
म त उत्साहित नै छु । मेरो टिम पनि उत्साहित नै छन् । मैले बुझ्ने कुराहरु समय सीमा भित्र राम्रो अनुसन्धान र अध्ययन गर्ने उदेश्य के हो सो अनुसार नीति बनाउने, त्यो नीतिलाई कार्यन्वयन गर्ने कामहरु भइरहेको हुनाले साथीहरु उत्साहित नै हुनुहुन्छ । ६ महिनामा हामीले जुन किसिमको आधारभूत ऐना देखाएका छौँ, काम गर्ने परिपाटी सोच्ने तरिका हामीले ल्याएका सिस्टोमेटिक सुधारहरु यी कुराले लगानीकर्तालाई उत्साहित बनाएको छ । आज हामीले गरेका प्रयासहरु पूरा त भइसकेका छैनन् । अझ हामीले यो भन्दा बढी कामहरु गर्नुपर्ने छ । अहिले हामीमा जिम्मेवारी पनि बढेको छ ।
नयाँ स्टक एक्सचेन्ज ल्याउने भन्ने तयारी पनि भइरहेको छ । यसबारे थप बताइदिनुस् न ।
यो खास के हो भने हामी आधारभूत सिद्धान्तमा जाऊँ । हरेक क्षेत्रलाई उचित प्रतिस्पर्धा चाहिन्छ । प्रतिस्पर्धा नभइकन सेवामा वृद्धि हुन सक्दैन । र क्षमता पनि वृद्धि हुन सक्दैन । त्यसकारण नेप्सेको पनि एउटा प्रतिस्पर्धा चाहिन्छ । अर्को कुरा नेप्से यो बजारको जुन आकार स्वरूप बनिसकेका छन् त्यसलाई सम्हाल्न सक्ने संस्था बन्न सक्छ सक्दैन । त्यो सम्भव छ छैन ५१ लाख लगानीकर्ता त्यसमा गाँसिइसकेका छन् । नेपालको जीडीपीको भन्दा हिस्सा बजार पुँजीकरणको भइसकेको छ । दिनहुँ २÷३ अर्ब औसतमा कारोबार हुने मार्केट सानो मार्केट होइन । यो ठूलो मार्केट हो । यत्रो ठूलो मार्केटमा हरेक मान्छेको आकर्षण छ । त्यसमा हाम्रो उत्तरदायित्व के हो त्यो छुट्याउनु पर्यो । हरेकलाई सम्मान गर्नुप¥यो । ती हरेक व्यक्तिलाई फण्डामेन्टलसहितको पुँजीबजार निर्माण गर्नुप¥यो । तीनको जोखिमलाई हामीले हेर्नुपर्यो त्यसको लागि पनि नेप्सेको सुदृढीकरण जरुरी छ । प्राइभेट एक्सचेन्ज आएपछि नेप्से सुध्रिन्छ । हामीले खोजेको के हो भने बजारप्रति उत्तरदायी बनाउन खोज्या हो । त्यो बनाउन नेप्से एउटा सरकारी विभाग बसेर त्यसको मूल्यांकन हुँदैन । त्यसको विकास पनि हुन सक्दैन कि हामीले विकास नै नगरी बस्ने भन्ने हुनुपर्यो । हामीलाई हरेक क्षेत्रमा विकास चाहिएको छ । पुँजीबजार त झन् यस्तो क्षेत्र हो जसले हाम्रो अर्थतन्त्रको ऐनाको रुपमा स्थापित हुन सक्छ । हामीले त्यसलाई उचित प्रडक्ट, उचित सिस्टम, गभर्मेन्ट एक्सेस त्यो खालको प्रोटेक्ट र दायरा बनाउन सक्यौं भने अर्थतन्त्रको ऐना बन्न सक्छ । अर्थतन्त्रको पूर्वाधार विकासमा ठूलो टेवा दिन सक्छ ।
प्राइभेट र सरकारी संस्थाबीचको प्रतिस्पर्धामा तालमेल मिल्ला र ?
यो अधिकांश लगानीकर्ताको माग हो । लगानीकर्ताको माग नभई हामी यो सोच्न पनि सक्दैनौँ लगानीकर्ताको मागले कसरी प्रतिस्पर्धा बिगार्छ ? लगानीकर्ता भएर न हामी छौँ । लगानीकर्ता कै लागि हामीले काम गर्ने हो । लगानीकर्ताले प्रतिस्पर्धा खोजेका छन् । नेप्से पनि नाफामुखी संस्था नै हो । हामीले नेप्सेलाई पनि सशक्त बनाउन खोज्या हो । नेप्से आफैँमा एक्लै सुध्रिँदैन, सशक्त बन्दैन । त्यसलाई सशक्त बनाउन प्रतिस्पर्धा चाहिन्छ ।
नयाँ स्टक एक्सचेन्ज सञ्चालन भएपछि धितोपत्र बजार सुधार हुन्छ भन्ने आधार चाँही के–के छन् ?
निजी क्षेत्रले ठूलो लगानी गरेपछि उसले आफ्नो व्यवसायको लागि धेरै एंगलले त्यसलाई टिक्ने आधारमा उभ्याउँछ । कस्तो प्रविधि चाहिन्छ, कस्तो संसाधन चाहियो, कस्तो पूर्वाधार चाहियो, कसरी सबल बनाउने भन्ने हुन्छ । यसो भएपछी सेवाको स्तरमा सुधार भइहाल्छ नि । प्रतिस्पर्धाविना त विकास नै सम्भव छैन नि ।
नयाँ स्टक एक्सचेन्ज आएपछि त्यसलाई पारदर्शी बनाउन कस्तो योजना अगाडि सार्नुभएको छ ?
नयाँ मात्र होइन । हामीले स्टक एक्सचेन्जसँग गाँसिएका हरेक सहभागीलाई पारदर्शी र समान स्तरमा हेर्न चाहन्छौँ । हामी उसका पूर्वाधारका मापदण्ड हेर्छौँ । उसका जोखिम प्रणाली कस्ता हुन्छन्, उस्का डिजास्टर इक्वेडर सिस्टम कस्ता हुन्छन्, उसले कसरी उपकरणहरु ल्याउँछ ? लगायतका कुराहरु हेर्छौँ । अहिले नेप्सेले एउटाभन्दा बढी इक्विटी ल्याउन सकेको छैन । नयाँ कर्पोरेट एक्सचेन्ज आएपछि त्यो सबै आउँछ । यी सबै पूर्वाधारहरु खडा हुन्छन् । त्यसपछि रियल सेक्टर कम्पनीहरु सिस्टममा आउन थाल्छन् । अनि जनताका लागि पनि लगानी गर्ने दायरा बढ्दै जान्छ । जनताका माझमा अझ बलिया कम्पनीहरु सूचीकृत भएर आउँछन् । हामीले बलिया र सशक्त कम्पनीहरुलाई सूचीकृत गर्ने वातावरण सिर्जना गर्न खोजिरहेका छौँ । बलिया कम्पनी पनि क्यापिटल मार्केट सिस्टममा ल्याउनुपर्यो । तीनलाई ल्याउन पनि स्टक एक्सचेन्ज राम्रो चाहियो ।
नयाँ स्टक एक्सचेन्ज सीमित घरानाका व्यक्तिहरुलाई फाइदा पुग्ने गरी ल्याउन लागिएको भन्ने हल्ला पनि छ बजारमा । तपाईँको धारणा चाँही के छ ?
यो देशमा हामीले कस्तो कल्चर भयो भने केही कुरा हुनुभन्दा अगाडि नै सबै कुरा जजमेन्ट गरिहाल्ने । यो संस्थाले ६ महिनामा जुन किसिमको काम गरेको छ यत्रो लगानीकर्ताहरु उत्साहित छन् । खुशी छन् । अहिलेसम्म हामीले गरेको कामलाई सबैले स्वागत गरेका छन् । अहिले किन शंका गर्ने ? पहिला हामीलाई काम गर्न दिनुहोस् न । गल्ति भएपछी भन्नुस् न । काम गर्ने मौका नै नदिई तपाईंले गल्ति गरिसक्नुभयो भन्दिने ? काम गर्ने मौका दिनुपर्यो नि हो हाम्रो सिस्टमहरु ट्रान्सफरेन्स छ कि छैन, फेयर छ कि छैनन्, हाम्रो छनोट प्रक्रिया ठिक छ कि छैन ? त्यो प्रक्रिया त आउन दिनुपर्यो । हामीले निर्देशिका बनाएका हुन्छौँ, मापदण्ड हुन्छ । सबैलाई समान अवसर खोजेको हो । अर्को कुरा लगानी भन्ने कुरा कहाँबाट आउँछ हामीलाई थाहा हुँदैन । लगानी जो सशक्त छन्, जो बलिया छन्, जो सँग लगानीका आधार छन् उसले लगानी गर्ने हो नि । अहिले हाम्रो कामलाई थोरै र संकुचित वर्गले विरोध गरेका छन् । मेरो प्रश्न छ कमोडिज एक्सचेन्ज खोल्ने भनेर २०७४ सालमादेखि नियमावली पास भएको छ । ऐन पास भएको छ । त्यसमा ५ प्रतिशतसम्म होल्डीङ व्यक्तिलाई दिएको छ । अहिले हामीले व्यक्तिलाई नदिनु भनेका छौँ । कर्पोरेट एक्सचेन्जमा प्राइभेट कम्पनी र पब्लिक कम्पनी मात्र सेयर होल्डर बन्न पाउने व्यक्ति सेयर होल्डर बन्न नपाउने भनेका छौँ । अर्को कुरा एउटा प्राइभेट कम्पनी, एउटा पब्लिक कम्पनीले १५ प्रतिशत सेयर पाउने हो अनि ३० प्रतिशत पब्लिकमा आईपीओ जारी गर्नुपर्ने भनेका छौँ । हामी त जनतालाई बलियो बनाउँछौँ । अर्कोकुरा यत्रा ठूलाठूला कमर्सियल बैंकमा ५१ प्रतिशतसम्म घराना बसिरहेका छन् त्यसमा हाम्रो समस्या भएन फेरि । एउटै व्यक्ति, एउटै बिजनेस घरानाका रुपका बैंक पनि छन्, बीमा पनि छन्, अरू कम्पनी पनि छन् । अनि त्यहाँ चाँही निश्चित घराना नहुने रु यदि हामीसँग न्यायको मापदण्ड एउटी हो भने त्यही मापदण्ड अनुसार नै हुनुपर्यो नि ।
धितोपत्र बोर्डलाई कानुनी बाधा सिर्जना भएको थियो । अहिले त्यो कानुनी बाधा हटेको हो ?
बाधा सिर्जना भएको थिएन । नीति निर्माणमा छलफल हुनु, डेलिगेशन हुनु, अर्का पाटाले हेरिनु नराम्रो कुरा होइन हामीले चाहेको स्पिडमा भएन होला । २ महिना अगाडि नै त्यो कुरा लागू गर्न खोजेका थियौँ तर मन्त्रिपरिषद्मा प्रस्ताव गएपछि त्यसको विभिन्न आफ्नै प्रक्रिया छन् । यो विधेयक समितिमा गयो । विधेयक समितिमा छलफल भयो । विधेयक समितिमा धेरै माननीय मन्त्रीज्यूहरु हुनुहुन्छ, सचिवज्यूहरु हुनुहुन्छ । हामी काम गर्ने मान्छेले ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्ने हो । हामीले नीति निर्माणमा कसरी त्यो भन्दा राम्रो गर्न सकिन्छ । हामीले ल्याएको नीति ठिक छ कि छैन । त्यसले बजारलाई ठिक दिशा दिन सक्छ सक्दैन भन्ने बारेमा प्रश्नोत्तर हुनु त ठिकै हो नि । त्यो क्रममा केही कमीकमजोरी सबै ठाउँमा हुन्छ । तर अहिलेको त्यो प्रस्ताव पास भएर गइसक्यो । नेपालमा पहिलोपल्ट सिण्डिकेट प्रणाली तोडेर बोर्डले सबै नेपाली जनतालाई समान अवसर दिइरहेको छ । जसले पनि ब्रोकर कम्पनी खोल्न पाउँछ । मापदण्ड पुर्याउनुस् एउटा निश्चित अवधिभित्र तपाईंले लाइसेन्स पाउनै पर्छ । मापदण्ड पुगेको छ भने तपाईँले ३५ दिनभित्र लाइसेन्स पाउनै पर्यो । कामको उद्देश्य सहि हुनुपर्छ । यसल जनताको हित गर्छ । लगानीकर्ताको हित गर्छ । सिस्टमलाई सुधार्छ भने हामीले सातातिना हल्लामा अड्किनु हुँदैन ।
नयाँ ब्रोकर लाइसेन्स वितरणको आवश्यकता चाँही के थियो ?
५२ लाख लगानीकर्ताको माग नै यही थियो । त्यत्रो अनशन बसे, त्यत्रो हड्ताल भयो । उहाँहरुको डिमाण्ड यही थियो । बजारको आवश्यकता नै त्यही हो । अरु देशको विकास कुन गतिमा भइरहेको त्यसलाई हेरौँ । हामीले ल्याएको सिस्टम सिंगापुरको जस्तो मेरिट इको प्रणाली सिस्टम हो । मेरिट इको प्रणाली सिस्टम हामी हरेक क्षेत्रमा गर्न खोजिरहेका छौँ । भनसुनले चल्नु भएन । पावरले चल्नु भएन । मेरिटले चल्नु पर्यो । ५० जनालाई टिका लाएर दिने ब्रोकर ? अनि उसले चाँही २ करोड कम्पनीले जनतालाई उचित सेवा दिन सक्छ ? हामीले के भन्यौँ भने तपाईँ जनतालाई यो क्षेत्रमा उचित सेवा सुविधा दिने हो । र तपाईँ ब्रोकर कमिशन कमाउने हो र आफ्नो पनि व्यावसायिक लाभ लिन हो । राम्रो सेवा दिनेले व्यवसाय लाभ लिने पाउने उहाँहरुको अधिकार हो । हामीले त्यो खालको प्लाटफर्म दिनुपर्छ । जनतालाई सेवा दिने कम्पनीहरु पनि त्यति नै जिम्मेवार हुन् ।
अन्त्यमा हामीले देखेको धितोपत्र बोर्ड र बजारले भोगेको धितोपत्र बोर्डबीचमा चाँही के अन्तर छ ? यहाँ भित्र देखिएका कमीकमजोरी सुधारका लागि तपाईँले कस्तो किसिमको कार्ययोजना अघि सार्दै हुनुहुन्छ ?
कमीकमजोरी हरेक मान्छेमा हुन्छ । ममा पनि धेरै कमीकमजोरी छन् । संस्थामा हुन्छन् । नेपालमा अधिकांश संस्थामा कमीकमजोरी छन् । लुकाउने पर्ने कुरा नै होइन । हामी एउटा जिम्मेवारी निकाय हौँ । यो निकायका पनि आफ्ना धेरै कुरामा विकास भए कति कुरामा विकास हुन् सकेन । अहिले अब मेरो २ वर्षको कार्यकालमा मैले हेरेको एंगल चाहीँ सिम्पल छ । हामीले आफूले सक्ने कुराको गहन अध्ययन गर्ने, बजारका लागि फेयर काम गर्ने सिस्टोमेटिक सुधार गर्दै लैजाने र धितोपत्र बजारको ओभरल जग बनाउन यसका लागि जुन ४ वटा पिलर चाहिन्छ यो ४ वटा पिलरको राम्रो जग गाडेर जान सक्यौँ भने अगाडि आउने जो पनि लिडरले इँटा थप्न सक्नुहुन्छ र त्यसपछि बजार बलियो हुँदै जान्छ । अहिले हामीले जुन कार्यक्रम ल्यारहेका छौँ । सी–आस्वा शुल्क १०० बाट ५ रुपैयाँमा झार्यौं । हामीले समस्याको पहिचान गरेर यो कुराले यसले बजारलाई फाइदा हुन्छ भन्नेमा केन्द्रित छौं । हामीले सिस्टोमेटिक तरिकाले काम गरिरहेका छौँ । म लगानीकर्ताहरु प्रति असाध्यै सकारात्मक छु । मेरो हरेक कामहरू लगानीकर्ताको हितप्रति नै केन्द्रित छ ।
भिडियो पनि ः

arthasanjal.com/wp-content/uploads/2022/09/ramesh_kumar_hamal-1024×582.jpg 1024w, 






