अछामका १० पालिकाको विविध खर्च तीन करोड

156
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/achham.-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/achham.-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/achham.-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/achham..jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />
जिल्लाका १० वटा पालिकाले एक वर्षमा करिब तीन करोड रुपैयाँ विविध शीर्षकमा खर्च गरेका छन् । आर्थिक वर्ष ०७७/७८ मा अछामका १० वटा स्थानीय तहले वार्षिक दुई करोड ९९ लाख दुई हजार रुपैयाँ विविध शीर्षकमा खर्च गरेको महालेखा परीक्षकको कार्यालयको ५९औँ प्रतिवेदनमा उल्लेख छ ।

१० मध्ये सबैभन्दा बढी साँफेबगर नगरपालिका र सबैभन्दा कम पन्चदेवल विनायक नगरपालिकाले विविध शीर्षकमा खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । साँफेबगर नगरपालिकालिकाको ३७ लाख ३१ हजार र पन्चदेवल विनायक नगरपालिकाको १३ लाख ३३ हजार विविध शीर्षकमा खर्च भएको छ ।

रामारोशन गाउँपालिकाको ३५ लाख ९७ हजार, मंगलसेन नगरपालिकाको ३३ लाख ९० हजार, चौरपाटी गाउँपालिकाको ३० लाख, ढकारी गाउँपालिकाले २५ लाख १६ हजार विविध शीर्षकमा खर्च गरेका छन् । तुर्माखाँद गाउँपालिकाले २३ लाख ३१ हजार, मेल्लेख गाउँपालिकाले २० लाख ९६ हजार, वान्नीगढी जयगढ गाउँपालिकाले १६ लाख र कमलवजार नगरपालिकाले १३ लाख ३६ हजार रुपैया विविध शीर्षकमा खर्च गरेको महालेखा परीक्षकको कार्यालयको ५९औँ प्रतिवेदनमा उल्लेख गरिएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, ०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान नगरी आन्तरिक आयको परिधिभित्र रहि औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ। तर, स्थानीय तहले भने उक्त परिधिमा नरहेर खर्च गरेको महालेखा परीक्षक प्रतिवेदनमा भनिएको छ ।

विशिष्ट व्यक्तिको भ्रमणदेखि अतिथी सत्कार, प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत खर्च, खाना खर्च, विपद लगायत शीर्षकमा खर्च गरेको पाइएको छ । यसरी खर्च गर्ने शीर्षक नै नभएर भैपरीमा राखिने रकम भनेको पालिकाको प्रमुखको तजबिजमा खर्च गर्न सक्ने रकम हो । यो विविध खर्चको रकम आवश्यकता अनुसार सरकारले विभिन्न क्षेत्रमा रकमान्तर गर्ने गरेका छन् । स्थानीय तहलाई महालेखाले खर्चमा मितव्ययिता कायम गर्न सुझाव दिएको छ ।

कमेन्ट गर्नुहोस्