प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

221
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/deuba-oli-1024×502.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/deuba-oli-768×377.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/deuba-oli.webp 1050w” sizes=”(max-width: 500px) 100vw, 500px” />

 प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका छन् ।

नागरिकता बिद्येयक, सत्यनिरुपण बिद्येयकलगायतका बिषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एमाले बिच सहमति कायम हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता भएको हो ।

सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा सकस परिरहेका बेला प्रधानमन्त्री देउवाले ओलीसँग भेटेका हुन् । भेटमा मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, नागरिकता विधेयक र संक्रमणकालीन न्यायका विषयबारे छलफल भएको स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्