
नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।
त्यस्तै युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ ६० पैसा र बिक्री दर १३० रुपैयाँ २१ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ३७ पैसा र बिक्री दर १५४ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ३६ पैसा र बिक्री दर ८९ रुपैयाँ ७८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ९८ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ५३ पैसा र बिक्री दर ९ रुपैयाँ ५८ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७९ पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८६ पैसा र बिक्री दर ३४ रुपैयाँ ०२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६५ पैसा रहेको छ भने
कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७० पैसा र बिक्री दर ९ रुपैयाँ ७४ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
arthasanjal.com/wp-content/uploads/2022/08/Mudra_20220816085222-1.jpg 687w” sizes=”(max-width: 465px) 100vw, 465px” />

arthasanjal.com/wp-content/uploads/2022/07/dollor-bideshi-mudra-768×499.jpg 768w, 






