ओमिक्रोनको अर्को भेरियन्टबाट सतर्क रहन अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/baiden-768×511.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/baiden.jpg 1000w” sizes=”(max-width: 450px) 100vw, 450px” />

अमेरिकी राष्टपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए.५’ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरुलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र देशव्यापी रुपमा नै विस्तार भइरहेको छ, त्यसैले यसबाट बच्नका लागि सबैले सतर्कता अपनाउन जरुरी छ ।’

बुधबार उनले सो आग्रह गरेका हुन् । उनले यसबाट आफू पनि सङ्क्रमित हुन पुगेको पनि बताएका छन् । राष्ट्रपति बाइडेनले भने, ‘यो ‘बिए.५’ नयाँ भेरियन्टबाट म संक्रमित हुन पुगेँ, म मात्र होइन अमेरिकीहरु पनि यो यो सङ्क्रमणबाट सङ्क्रमित भएका छन् र हामी अमेरिकी मात्र नभएर संसारकै नागरिकमा यो सङ्क्रमण फैलिएको छ ।’

आफूलाई सो नयाँ भेरियन्टबाट सङ्क्रमण भएको बताएका राष्ट्रपति बाइडेनले आफू आइसोलेसनबाट बाहिर निस्किनु अघि ह्वाइट हाउसबाट बुधबार सो कुरा बताएका हुन् ।

कोभिड १९ सङ्क्रमणले सबैभन्दा बढी असर पारेको अमेरिकामा पछिल्लो समयमा यसको सङ्क्रमण थप फैलिएको बताइएको छ । त्यसैले अमेरिकी अधिकारीहरुले सबैलाई थप सतर्कता अपनाउन सूचना जारी गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्