स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड खर्च, के लागि कति सकियो ?

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/election-commission-nirwachan-aayog-nepal-768×359.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/election-commission-nirwachan-aayog-nepal.jpg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />

निर्वाचन आयोगले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा ५ अर्ब रुपैयाँ खर्च भएको जानकारी दिएको छ । मंगलबार आयोगको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले खर्च विवरण सार्वजनिक गरेका हुन् ।

पौडेलका अनुसार निर्वाचनका लागि नेपाल सरकारबाट ८ अर्ब ११ करोड विनियोजना भएको ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ७६७ रुपैयाँ खर्च भएको हो । त्यसमध्ये आयोगको केन्द्रीय कार्यालयले १ अर्ब २ करोड ४३ लाख १२ हजार १२९ रुपैयाँ खर्च गर्यो ।

त्यसैगरी देशभरका ७५३ वटै मुख्य निर्वाचन अधिकृत तथा अधिकृतको कार्यालयबाट ३ अर्ब ५४ करोड १२ लाख ७३ हजार ६१७ खर्च भएको छ । पौडेलका अनुसार देशभरका ७७ वटै निर्वाचन कार्यालयले ४१ करोड ३३ लाख ०७ हजार ३१ रुपैयाँ खर्च गरेका छन् ।

गृहमन्त्रालयले मतपेटिका ढुवानीका क्रममा ४ करोड ५० लाख रुपैयाँ खर्च गरेको पौडेलले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार निर्वाचनका क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिडिया अनुगमनका नाममा १ करोड ४५ लाख खर्च गरेको छ । यी सबै जोड्दा स्थानीय चुनावमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ७६७ रुपैयाँ खर्च भएको पौडेलले बताए ।

कमेन्ट गर्नुहोस्