हेटौंडाकी मेयर लामाकाे सम्पत्ति : १५ तोला सुन, २० तोला चाँदी, श्रीमानको नाममा एउटा ट्याङ्कर

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/mina_lama-1024×538.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/mina_lama-768×404.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/mina_lama-1536×807.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/07/mina_lama.jpg 2048w” sizes=”(max-width: 500px) 100vw, 500px” />

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा आफूसँग १५ तोला सुन रहेको उल्लेख छ । मेयर लामाले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग पारिश्रमिक बापत पाएको ४० हजार रुपैयाँ कृषि विकास बैंक लिमिटेड हेटौंडा शाखामा रहेको जनाइएको छ ।

नेकपा एकीकृत समाजवादी मकवानपुरकी उपाध्यक्षसमेत रहेकी मेयर लामा गत वैशाख ३० गते भएको निर्वाचनमा सत्ता गठबन्धनबाट हेटौंडाको मेयरमा निर्वाचित भएकी हुन् । त्यस अघि उनी पहिलो स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको उपमेयर थिइन् ।

मेयर लामाले सम्पत्ति विवरणमा आफूसँग १५ तोला सुन, २० तोला चाँदी र पारिश्रमिक बाहेक थप २० हजार बैंक मौज्दात रहेको जनाइएको छ । मेयर लामाले श्रीमान् सुन बहादुर लामाको नाममा कृषि विकास बैंकमा ४० लाख ऋण रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । उनका श्रीमान् सुन बहादुर लामा भने व्यवसायी हुन् ।

उनले श्रीमानको नाममै ४० लाख बराबरको ट्याङ्कर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । उनले ससुरा कान्छा लामाको नाममा हेटौँडा–१ चाइना क्वाटरमा ११ धुर घडेरी, सासु सानुमैयाको नाममा सवा १० धुर घडेरी र ससुरा कान्छा लामाको नाममा ११ रोपनी जमिन रहेको उल्लेख गरेकी छिन् । त्यस्तै मेयर लामाले छोरा सुमित लामाको नाममा २ लाख ५० हजार बराबरको एउटा मोटरसाइकल रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्