डुंगामा सवार महिलालाई सेलफिसले आक्रमण गरेपछि…  

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/sailfish.JPG-1024×515.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/sailfish.JPG-768×387.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/sailfish.JPG.jpg 1069w” sizes=”(max-width: 500px) 100vw, 500px” />
विश्वास गर्नुहोस् वा नगर्नुहोस् एउटा १०० पाउन्डको सेलफिस (लामो र तिखो चुच्चो भएको  समुद्री माछा) पानीबाट बाहिर निस्केर एक महिलालाई आक्रमण गरेको छ । अमेरिकाको फ्लोरिडामा माछा मार्ने डुंगामा सवार मेरील्याण्डकी ७३ वर्षीया महिलालाई सेलफिसले आफ्नो चुच्चो धसेर घाइते बनाएको हो ।

मार्टिन काउन्टी शेरिफको कार्यालयको रिपोर्टअनुसार महिलालाई गत मंगलबार माछाको तिखो चुच्चोले धसेको थियो ।

उनीसँग दुई जना पुरुषहरू पनि डुंगामा सवार थिए । सेलफिस इस्टियोफोरस जीनसमा रहेका समुद्री माछाका दुई प्रजाति अन्तर्गत पर्छन् । उनीहरु निलादेखि खैरा सम्म हुन्छन् । उनीहरूको विशेषतः ठूलो पखेटा हुन्छ, जसलाई पछाडिको भागसम्म फैलाउन सक्छन् ।

लामो र तिखो चुच्चो सेलफिसको अर्को महत्वपूर्ण विशेषता हो । सेलफिसलाई समुद्रको सबैभन्दा छिटो प्रजातिको माछा बताइन्छ ।

कमेन्ट गर्नुहोस्