अमेरिकामा एक करोड ४० लाख बालबालिकालाई कोभिड सङ्क्रमण

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Vaccine-1024×576.jpeg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Vaccine-768×432.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Vaccine-1536×864.jpeg 1536w, arthasanjal.com/wp-content/uploads/2022/07/Vaccine.jpeg 1550w” sizes=”(max-width: 500px) 100vw, 500px” />

अमेरिकामा कोरोना भाइरसको प्रकोप सुरु भएदेखि यता एक करोड ४० भन्दा बढी बालबालिकालाई कोरोना सङ्क्रमण भएको पाइएको छ । यहाँको अमेरिकन एकेडमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संस्थाले सो कुराको जानकारी दिएको बताइएको छ ।

उक्त संस्थाहरुले गएको ४ हप्तामा मात्र यहाँ कम्तीमा पनि तीन लाख ११ हजार जना बालबालिकामा कोभिडको सङ्क्रमण भएको पाइएको छ । यहाँ सन् २०२२ मा मात्र अनुमानित ६१ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भएको देखिएको एएपीले जनाएको छ ।

यहाँ उमेर समूहअनुसार कसलाई कुन रुपमा कोभिडको सङ्क्रमण भयो र के कस्तो असर गर्यो भन्ने विषयको अनुसन्धान आवश्यक रहेको देखिएको बताइएको छ । सो सम्बन्धी अनुसन्धानबाट बालबालिकामा देखिएको कोभिडको असरका साथै मानसिक तथा अन्य असर पत्ता लगाउनुपर्नेमा पनि सो संस्थाले जोड दिएको छ ।

कोभिडको सङ्क्रमण सुरु भएपछि अमेरिकामा धेरै मानिसको मृत्यु भएको छ । यसको असर यहाँ बालबालिकामा पनि परेको स्वस्थ्य अधिकारीहरुको भनाई छ ।

कमेन्ट गर्नुहोस्