प्रशासनबाट झुक्किएर ३३० गुणा बढी तलब पाएपछि कर्मचारी बेपत्ता

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/missing-768×576.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/missing.jpg 830w” sizes=”(max-width: 400px) 100vw, 400px” />

भुलवश साबिक तलब भन्दा करिब ३३० गुणा बढी तलब भुक्तानी भएपछि चिलीका एकजना कामदार राजीनामा दिएर बेपत्ता भएका छन् ।

तलब सूचीमा भएको गडबडीका कारण यस्तो गल्ती हुन पुगेको थियो । कोल्ड मिट्स म्यानुफ्क्चरर कोन्सोर्सियो इन्डष्ट्रियल डि एलिमेन्टोसमा कार्यरत ती कामदारले मे महिनाको तलब बापत १ लाख ८० हजार ४१८ अमेरिकी डलरको पे–चेक प्राप्त गरेका थिए ।

उनलाई मासिक तलब बापत ५४५ डलर दिनुपर्ने थियो । ती कामदारले सुरुमा म्यानेजरलाई आफूलाई बढी रकम भुक्तानी गरिएको खबर दिएको स्थानीय सञ्चार माध्यम डियारियो फिनान्सिएरोले जनाएको छ ।

म्यानेजरले यसबारेमा तत्कालै मानव संसाधन निकायलाई खबर गरेका थिए । सो निकायले कामदारलाई बैंकमा गएर बढी पैसा फर्काउन अनुरोध गरेको थियो ।

बैंकमा जाने सहमति जनाए पनि घटनाका केही दिनपछि आफैँसँग पैसा राखेर उनी सम्पर्कविहीन भएका थिए । त्यसपछि उनले आफ्नो वकिलमार्फत कम्पनीमा राजीनामापत्र पठाएका थिए ।

कम्पनीले नाम नखुलाइएका ती कामदारविरुद्ध प्रहरीमा उजुरी गरिसकेको छ । तर, उनी अहिलेसम्म पक्राउमा पर्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्