नागरिकता विधेयकमा केही कमीकमजोरी भए पछि संशोधन गराैंला : गृहमन्त्री खाण

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Balkrishna_Khad-1024×672.png 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Balkrishna_Khad-768×504.png 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Balkrishna_Khad.png 1187w” sizes=”(max-width: 457px) 100vw, 457px” />

गृहमन्त्री बालकृष्ण खाणले संविधान देशको गतिशील दस्तावेज रहेको बताएका छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताए ।

‘संविधान देशको गतिशील दस्तावेज हो, धार्मिक ग्रन्थ होइन । यसर्थ आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्छ,’ उनले भने, ‘नागरिकता प्राप्त गर्न खुकुलो बनाएको होइन । नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदान गर्न विधेयक ल्याएको हो ।’

सर्वसम्मत रूपमा विधेयक पास गर्न आग्रह गरेका उनले अघिल्लो सरकारले ल्याएको विधेयक र अध्यादेशकै आधारशिलामा रहेर अहिले विधेयक ल्याएको बताए । विधेयकमा केही कमीकमजोरी भए पछि संशोधन गर्दै जानुपर्ने बताएका गृहमन्त्री खाणले उक्त विधेयक अहिले पारित गरेर नागरिकताविहीन नागरिकको संख्या घटाउनुपर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्