
फरवार्ड ह्यारी केनको दुई गोल मद्दतमा इंग्लिस क्लब टोटनहम प्रि–सिजन टुर अन्तर्गत मैत्रीपूर्ण खेलमा रेन्जर्सलाई २-१ अन्तरले पराजित गरेको छ ।
एन्टोनियो मिर्को कोलाकको गोलसंगै रेन्जर्सले सुरुवाती अग्रता लिएको थियो । तर, १-० ले पछि परेको स्थितिमा इंग्ल्यान्ड अन्तर्राष्ट्रिय खेलाडी केनले लगातार दुई गोल गर्दै टोलीको हार टारे ।
कुलुसेभ्स्कीले खेलको चौथो मिनेटमै गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । इल्के गुन्डागोनले ३३औं मिनेटमा सिटीका लागि बराबरी गोल पर्काए । ४९औं मिनेटमा केनले गोल गर्दै टोटनहमलाई २-१ को अग्रता दिलाएका थिए ।
यसै समरमा अनुबन्ध भएका वाइवेस बिसोउमा, रिचार्लिसन, इभान पेरिसिक, क्लेमेन्ट लिन्लेट लगायत खेलाडी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।
कमेन्ट गर्नुहोस्