राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा श्रीलंकामा संकटकाल घोषणा

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/srilanka_1-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/srilanka_1.jpg 1023w” sizes=”(max-width: 450px) 100vw, 450px” />

श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघले संकटकाल घोषणा गरेका छन् । आइतवार राति जारी गरिएको सरकारी सूचनामा देशमा संकटकाल घोषणा गरिएको हो । आर्थिक संकटबीच विक्रमासिंघले पछिल्लो निर्णय गरेका हुन् । राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा संकटकाल घोषणा गरिएको हो ।

२० जुलाईमा राष्ट्रपति निर्वाचन आयोजना हुँदैछ । पछिल्लो समयमा श्रीलंका अभूतपूर्व आर्थिक संकटबाट गुज्रिरहेको छ । संकटका कारण औषधि, इन्धन र खाद्यान्नको तीव्र अभाव छ । देशमा यसै साता ठूलो विरोध प्रदर्शन भएको थियो । प्रदर्शनकारीले पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे र विक्रमासिंघेको सरकारी निवासमा तोडफोड गरेका थिए । राजापाक्षेले देश छंोडेर गएपछि विक्रमासिंघे कार्यबहाक राष्ट्रपति बनेका थिए ।

श्रीलंकाको वर्तमान अवस्थाका लागि पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेले कुप्रबन्धनलाई मुख्य दोष दिइएको छ । राजापाक्षेलाई हटाउनको लागि मुख्यतया फेसबुक, ट्विटर र टिकटक पोस्टमार्फत विरोध प्रदर्शन गरिएको थियो । प्रदर्शनप्रति ठूलो संख्यामा मानिसहरू आकर्षित भएका थिए ।

अल्पसंख्यक तमिल र मुस्लिम बहुसंख्यक सिंहालीहरू राजापाक्षेलाई हटाउने आन्दोलनमा सामेल भएका थिए । हजारौं मानिसहरूले राजापाक्षको कार्यालय अगाडि शिविर खडा गरे । श्रीलंकाको संविधानअनुसार राजापाक्षेको राजीनामापछि प्रधानमन्त्री रनिल विक्रमासिंघे स्वतः कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका थिए ।

कमेन्ट गर्नुहोस्