आर्थिक वर्ष २०७८–२०७९ को अन्तिम साता औसतमा हेर्दा सेयर बजारमा सामान्य गिरावट देखिएको छ । अब बजार नयाँ आर्थिक वर्षमा खुला हुनेछ ।साउन लागेसँगै मौद्रिक नीतिको पनि तयारी भइरहेको छ । मौद्रिक नीतिमार्फत पुँजी बजारका समस्या समाधान हुने अपेक्षा शर्वसाधारणले गरेका छन् । विशेषगरी सेयर धितो कर्जामा ४–१२ को सीमा हट्ने आम लगानीकर्ताले अपेक्षा गरिरहेका छन् ।
यस्तै, सेयर धितो कर्जामा लगाइएको १५०% को जोखिमभार घटाएर १००% मा झारिएमा यसले पनि पुँजी बजारमा सुधार ल्याउने छ ।
मौद्रिक नीतिको पारदर्शिता र निष्पक्षतामा पनि आशंका पैदा भएको छ । बजारले विस्तारै सकारात्मक लय समाउन थाल्ने अनुमान गर्न सकिन्छ । यसर्थ, आगामी दिनहरुमा पुँजी बजारको गति र भविष्य केन्द्रीय बैंकको नीतिमै केन्द्रित हुने देखिन्छ ।
कमेन्ट गर्नुहोस्