कर्णाली प्रदेशमा वित्तीय सेवा तथा सुविधाहरु अझै पनि पर्याप्त मात्रामा पुुग्न सकेका छैन ।
राष्ट्र बैंकले जारी गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन २०७८/७९ को अर्धवार्षिक प्रतिवेदनले वित्तीय सेवा नरहेको एटीएम मेसिन संख्याले पनि प्रस्ट पारेको हो ।
२०७८ पुस मसान्तसम्मको तथ्यांकलाई दृष्टिगत गर्दा डोल्पा जिल्लामा कुनैपनि बैंकको एटीएम मेसिन रहेको पाइँदैन । यद्यपि सो जिल्लामा बैंकका शाखा भने पुगिसकेका छन् ।
प्रतिवेदनअनुसार हुम्ला र मुगुमा समान २ वटा एटीएम मेसिन रहेका छन् । कालिकोटमा ४ वटा, जाजरकोटमा ५ वटा तथा दैलेख र जुम्लामा समान ७ वटा एटीएम मेसिन रहेका छन् ।
यस्तै रुकुम पश्चिम, सल्यान र सुर्खेतमा क्रमशः ८ वटा, ११ वटा र ३६ वटा एटीएम रहेको राष्ट्र बैंकको प्रतिवेदनमा छ । यसरी हेर्दा कर्णाली प्रदेशमा जम्मा ८२ वटामात्र एटीएम मसिन रहेको देखिन्छ ।
कमेन्ट गर्नुहोस्