ग्लोबल आईएमईको लन्डनमा अन्तक्र्रिया

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/ime-768×384.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/ime.jpg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />

विदेशी मुद्रामा नेपाली बैङ्कमा खाता खोल्न गैरआवासीय नेपालीलाई आह्वान गर्दै ग्लोबल आईएमई बैङ्कले बेलायतको लन्डनमा बृहत् अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।

ग्लोबल आईएमई बैङ्क लिमिटेडको संयुक्त अधिराज्यको लन्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयद्वारा आयोजित सो कार्यक्रममा मुलुकभित्र विदेशी मुद्रा तथा विदेशी लगानी भित्र्याउन गैरआवासीय नेपालीलाई आह्वानसमेत गरिएको थियो ।

ग्लोबल आईएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रामा नेपाली बैङ्कमा खाता खोलेर मुलुकभित्र विदेशी मुद्रा भित्र्याउन र दिगोरुपमा नेपालमै वैदेशिक मुद्राको स्रोत बन्ने पर्यटन पूर्वाधार तथा जलविद्युत् आयोजनामा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गरे ।

बेलायतस्थित नेपाली राजदूतावासका डीसीएम रोशन खनालले मुलुकको अर्थतन्त्र बचाउन र मुलुकको विकासमा गैरआवासीय नेपालीको भूमिका महत्त्वपूर्ण रहेको बताए । नेपालमा वैदेशिक लगानी भित्र्याउन र पर्यटक बढाउन गैरआवासीय नेपालीलाई समेत आग्रह गरे ।

कमेन्ट गर्नुहोस्