होटेल/रेस्टुरेन्टलाई १० हजारमै इलेक्ट्रिक स्कुटर, बिना व्याज ऋण दिँदै नबिल बैंक

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Levning_Brand_ElectricScooter-768×459.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Levning_Brand_ElectricScooter-770×463.jpg 770w, arthasanjal.com/wp-content/uploads/2022/07/Levning_Brand_ElectricScooter.jpg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />

काठमाडौं । बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले रेस्टुरेन्ट तथा होटेलको लागि स्कुटर उपलब्ध गराउने भएको छ । कम्पनीले नेपाल भरिका रेस्टुरेन्ट तथा होटेलको लागि लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर उपलब्ध गराउने भएको हो ।

‘तपाईंको गोजीमा कति छ ?’ भन्ने स्किम अन्तर्गत कम्पनीले १० हजार रुपैयाँमै उक्त ब्राण्डको स्कुटर फुड डेलिभरीको लागि दिने भएको हो । रेस्टुरेन्ट तथा होटेलको लागि बनाइएको स्कुटरको नाम एलएक्सडब्लु ५ मोडेल हो ।

यो स्कुटर जर्मन कम्पनीको बोसको मोटर्स प्रयोग गरिएको स्कुटर हो जसमा सामसुङ कम्पनीको लिथिएम बेटरि प्रयोग गरिएकोले गर्दा फुल चार्जमा राम्रो माइलेज दिने छ । यससँगै कुनै पनि होटेल तथा रेस्टुरेन्टले कम्पनीको शोरुममा गएर १० हजार रुपैयाँ भुक्तानी गरि फाइनान्स मार्फत सजिलैसँग स्कुटर खरिद गर्न सक्नेछन् ।

यसका साथै नबिल बैंकको शून्य प्रतिशत व्याजदरमा सो स्कुटर किन्न सकिने छ । त्यसैगरी नगदमा किन्ने लागि भने १० हजार छुट गरिएको कम्पनीले बताएको छ । यस स्कुटरको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल नीति साह छिन् ।

यस्ता छन् विशेषता

फुड डेलिभरी गर्दा पेट्रोलको खर्च बचत हुनेछ । पेट्रोल हाल्न नपर्ने । सर्भिस र पार्ट्समा खर्च नहुने र बाताबरण स्वस्छ हुने लगायतका यसको विशेषता छन् । कम्पनीका अनुसार होटेलमा डेलिभरी गर्न पछाडी ठुलो भाडो राखिएको छ जसले गर्दा समान जति पनि हाल्न सजिलो हुने भएको हुनाले यो स्किम फुड डेलिभरी गर्नको लागि भनेर होटेल तथा रेस्टुरेन्टलाई लक्षित गरि लागु गरिएको छ ।

कम्पनीले यो सहुलियत दर १० हजार रुपैयाँ वा शून्य प्रतिशत स्किममा लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर सीमित अवधिको लागि प्रदान गरिने जनाएको छ । कम्पनीका अनुसार होटेलमा डेलिभरी गर्न पछाडी ठुलो भाडो राखिएको छ जसले गर्दा समान जति पनि हाल्न सजिलो हुने भएको हुनाले यो स्किम फुड डेलिभरी गर्नको लागि भनेर होटेल तथा रेस्टुरेन्टलाई लक्षित गरि लागु गरिएको छ ।

यो योजना प्रारम्भ भइसकेको र नजिकको लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ । साथै, होटेल तथा रेस्टुरेन्टको फुड डेलिभरीको लागि फाइनान्स, एक्सचेन्ज र क्यासको सुविधामा लिन सकिने र यो स्किम सीमित अवधिको लागि लागू गरिएको बताइएको छ ।

नेपाली बजारमा एलएक्स ०१, एलएक्स ०२, एलएक्स ०४, एलएक्स०५, एलएक्स ०५-डी, एलएक्स ०६, एलएक्स ०६ म्याक्स, एलएक्स ०८, एलएस ०१ र एम ०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँसम्म छ ।

यससँगै, खरिद गर्न इच्छुकले काठमाडौंको नक्साल, टेकु , भैसेपाटी , भक्तपुर , सुर्खेत , जनकपुर , पाटन , बाफल लगायतका नेपालको विभिन्न स्थानमा रहेको कम्पनीको शोरुममा सम्पर्क गर्न सक्नेछन् ।

कमेन्ट गर्नुहोस्