यस्ताे छ शुक्रबार रातिसम्मको मौसम पूर्वानुमान

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/barsaa22-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/barsaa22-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/barsaa22.jpg 1240w” sizes=”(max-width: 500px) 100vw, 500px” />
देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा वर्षा भइरहेको छ ।
दिउँसो मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

बिहीबार पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार राति भने सुदूरपश्चिम, बागमती र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।  लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

शुक्रबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

कमेन्ट गर्नुहोस्