बेसीसहरको शेरामा ३२ लाख लागतमा एक सय ५७ मिटर सडक ढलान

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/ग-768×450.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/ग-368×216.jpg 368w, arthasanjal.com/wp-content/uploads/2022/07/ग.jpg 800w” sizes=”(max-width: 500px) 100vw, 500px” />

बेसीसहर नगरपालिका-८ स्थित सेरा क्षेत्रमा एक सय ५७ मिटर सडक ढलान कार्य सम्पन्न भएको छ । लागत साझेदारी कार्यक्रमअन्तर्गत करिब ३२ लाख रुपैयाँको लागतमा सडक निर्माण भएको हो ।

आर्थिक वर्ष २०७८-७९ को बेसीसहर नगरपालिका-८ र स्थानीयको लागत साझेदारीमा वडा नम्बर ८ सेरास्थित लालबहादुर श्रेष्ठको घरदेखि मंगलको घरसम्मको एक सय ५७ मिटर सडक ढलान भएको वडा अध्यक्ष पवित्रा थापा रानाले बताइन् ।

नगरपालिकाको १७ लाख ८० हजार चार सय ६० रुपैयाँ, स्थानीयवासीको ११ लाख ८६ हजार नौ सय ७३ रुपैयाँ र वडाको दुई लाख गरी कुल ३१ लाख ६७ हजार चार सय ३३ रुपैयाँको लागतमा बाटो मर्मत तथा ढलान गरिएको हो ।

कमेन्ट गर्नुहोस्