प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिस्कारकाबीच राष्ट्रिय सभाबाट बजेट आश्रित तीन वटै विधेयक पारित भएको छ । अनाधिकृत व्यक्तिबाट करको दर हेरफेर गरेको भन्दै एमालेले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने नभए संसदीय छानविन समिति गठनको माग अघि सारेको छ ।
एमालेले बहिस्कार गरे पनि शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले बजेटसँग जोडिएर आएका आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत ९२५ औं संशोधन० विधेयक, २०७९ बहुमतले पारित गरेको हो । यी तीन वटै विधेयक असार ६ गते प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले आइतबार तीन वटै विधेयक पारित गरेर प्रतिनिधि सभामै फिर्ता पठाएको छ ।
कमेन्ट गर्नुहोस्