पेट्रोल पम्पको काउन्टरबाट ५ लाख ६१ हजार नगद चोरी गर्ने दुई जना पक्राउ 

Share:
arthasanjal.com/wp-content/uploads/2022/02/Pakrau_arthasanjal-1024×567.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/02/Pakrau_arthasanjal-768×425.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/02/Pakrau_arthasanjal.jpg 1112w” sizes=”(max-width: 500px) 100vw, 500px” />
त्रियुगा नगरपालिका–३ स्थित उर्जा पेट्रोल पम्पको काउन्टरबाट ५ लाख ६१ हजार रुपैयाँ नगर चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनिस सिलवाल रहेका छन् । उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उनीहरूको साथबाट नगद ५० हजार ७ सय रुपैयाँ सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्