विश्वयुद्धताका युद्ध अपराधमा सलंग्न रहेको अभियोगमा १०१ वर्षीय गार्डलाई ५ वर्ष जेल

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Jell_OP-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/Jell_OP-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/Jell_OP-1536×864.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/06/Jell_OP.jpg 1920w” sizes=”(max-width: 500px) 100vw, 500px” />
जर्मनीको एक अदालतले मंगलबार पूर्वनाजी कन्सन्ट्रेसन क्याम्पका  एक १०१ वर्षीय गार्डलाई पाँच वर्षको जेल सजाय सुनाएको छ । जोसेफ सुएज विश्व युद्धको समयमा युद्ध अपराधमा संलग्नताका लागि मुद्दा चलाइएका अहिलेसम्मकै वृद्ध हुन् ।

सुएजलाई सन् १९४२ देखि १९४५ को बीचमा बर्लिनको उत्तरी भाग ओरानिनवर्गको साचसेनहाउसेन क्याम्पमा जेल गार्डको रूपमा काम गर्दा हत्यामा संलग्न भएको अभियोगमा दोषी ठहर गरिएको प्रधानन्यायाधीश उडो लेचरम्यानले बताए ।

उनको बृद्धावस्थालाई विचार गर्दा सुएज जेल जान नपर्ने सक्ने बताइएको छ । लिथुआनियामा जन्मेका सुएज अहिले ब्रान्डनवर्ग राज्यमा बस्छन् । उनले आफू निर्दोष भएको बताउँदै आएका थिए ।

शिविरमा भएको घृणित अपराधको बारेमा आफू अनभिज्ञ भएको उनले बताउँदै आएका थिए । ‘मलाई थाहा छैन म यहाँ किन छु,’ नाजी युद्ध अपराधको मुद्दामा सुनुवाइका क्रममा उनले भनेका थिए ।

अभियोजनकर्ताले सुएजले ‘स्वेच्छाले’ शिविरमा ३ हजार ५१८ कैदीको हत्यामा भाग लिएको भन्दै उनलाई पाँच वर्षको सजाय माग गरेका थिए ।

कमेन्ट गर्नुहोस्