आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना, प्रदेश १ र गण्डकीमा भारी वर्षा हुने

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/barsaa22-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/barsaa22-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/barsaa22.jpg 1240w” sizes=”(max-width: 500px) 100vw, 500px” />

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका विभिन्न ठाउँमा मनसुनी वायुसँगै स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ ।

प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशका भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज (शनिबार) दिउँसो देशभर नै सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखका अनुसार प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

शनिबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको पूर्वानुमान छ । देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेश  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्