सप्तरीमा १७५ किलो गाँजासहित ट्रक प्रहरी नियन्त्रणमा

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/thumb.jpg-6-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/thumb.jpg-6.jpg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />
सप्तरीमा अदुवा लोड रहेको मिनी ट्रकमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ । शंका लागेर सशस्त्र प्रहरीले जाँच गर्दा १ सय ७५ किलो लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको नेतृत्वमा रहेको सशस्त्रको टोली उक्त परिमाणमा गाँजा बरामद गरेको हो । प्रहरीलाई झुक्याएर ट्रक चालक र सहचालक भने फरार भएका छन् ।

मंगलबार राति पौने ११ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको कोसी ब्यारेजस्थित चेक प्वाइन्टमा को१ख २९२५ नम्बरको मिनी ट्रक चेकजाँच गर्दा १ सय ७५ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

ट्रकमा ३ सय ५० केजी अदुवासहित बोरामा प्याकिङ गरिएको गाँजा बरामद भएको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्