अमेरिका भ्रमण औपचारिकरूपमा तय भएपछि मात्र प्रधानमन्त्रीले संसद्लाई जानकारी गराउने

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Pm_Deuba_Onlinepana-1024×573.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/Pm_Deuba_Onlinepana-768×430.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/Pm_Deuba_Onlinepana.jpg 1340w” sizes=”(max-width: 500px) 100vw, 500px” />

प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताएका छन्। आइतबार नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटमा भ्रमण तय भएपछि सदन वा संसदीय समितिमा आएर औपचारिकरूपमा जानकारी गराउने इच्छा व्यक्त गरेका हुन्।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भ्रमणका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री देउवालाई समिति बैठकमा बोलाएको सन्दर्भमा समिति सदस्यसमेत रहेकी सचेतक भुसालले प्रधानमन्त्रीसँग भेट गरेकी हुन्। समितिको यसअघिको बैठकमा परराष्ट्रमन्त्री डा नारायण खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमणका सम्बन्धमा प्रारम्भिक छलफल भएको तर अन्तिम टुङ्गो लागिनसकेको स्पष्ट पारेका थिए।

समितिले नेपालको परराष्ट्र नीति कार्यान्वयन र प्रधानमन्त्रीको भ्रमणका सम्बन्धमा छलफल गर्न आइतबार बैठक बोलाएको थियो। प्रधानमन्त्री देउवा कार्यव्यस्तताका कारण बैठकमा उपस्थित भएनन्। बैठकले प्रधानमन्त्रीको भ्रमणको कार्यसूचीबारे छलफल र जानकारीका लागि प्रधानमन्त्री तथा रक्षामन्त्रीलाई आगामी बैठकमा पुनःआमन्त्रण गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्