
नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले राष्ट्रघात गर्ने जुनसुकै नेता भएपनि उनीहरुलाई जेल हाल्नुपर्ने बताएका छन् । उनले एसपीपी प्रकरणमा नेपाली सेना र अमेरिकी दूतावासको विज्ञप्तिमा विरोधाभाष देखिएको भन्दै यसको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।
शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एसपीपीबारे सरोकारवालाहरुको छलफलमा सांसद किराँतीले भने, ‘नेपालको परराष्ट्र नीति अनुसार चल्नुपर्यो, राष्ट्रघात गर्ने जोसुकै नेतालाई जेल हाल्नुपर्यो ।’
उनले एसपीपी प्रकरणमा नेपाली सेनाले निकालेको विज्ञप्ति र अमेरिकी दुतावासले निकालेको विज्ञप्तिमा किन विरोधाभाष भयो भने । छलफलमा बोल्दै उनले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्थगित हुनुपर्ने धारणा समेत राखेका छन् ।
कमेन्ट गर्नुहोस्