जिसस प्यूठानको प्रमुखमा कांग्रेस विजयी

Share:

प्यूठानको जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । सत्ता साझेदार दलहरुबीच गठबन्धन गर्दै कांग्रेसको नेतृत्वमा समन्वय समिति गठन भएको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका बीचमा गठबन्धन गर्दै समन्वय समिति गठन गरिएको हो । नयाँ गठबन्धनपछि नेपाली कांग्रेसका धरम बहादुर जिसी जिल्ला समन्वय समितिको सभापति चयन भएका छन् । सत्ता साझेदार दलहरुबीच चुनावी तालमेल भएपछि समन्वय समितिमा एमालेले उमेदवारी नै दिएन ।

गठबन्धनका तर्फबाट समन्वय समितिको उपप्रमुखमा माओवादी केन्द्रकी दुर्गा रेग्मी निर्विरोध निर्वाचित भएकी छन् । चुनावअघि नै गठबन्धनबीच भएको सहमति अनुसार माओवादी केन्द्र र जनमोर्चाले नेपाली कांग्रेसलाई एक सदस्यसहित जिल्ला समन्वय समितिको सभापतिमा जिताउने प्रतिवद्धता गरेका थिए । साथै माओवादीका २ जना सदस्यले पनि जिते । गठबन्धनपछि नेतृत्वमा पुगेको कांग्रेसले दार्चुलामा ऐतिहासिक जित भएको बताएको छ ।

कांग्रेसले जिल्लामा पहिलो पटक जिल्ला समन्वयको सभापति जितेको हो ।

कमेन्ट गर्नुहोस्