राष्ट्रपति, प्रधानमन्त्रीसहितका उच्च पदस्थहरुको खाता निगरानी गर्न राष्ट्र बैंकको निर्देशन

Share:
arthasanjal.com/wp-content/uploads/2021/10/NRB-3-768×577.jpg 768w, arthasanjal.com/wp-content/uploads/2021/10/NRB-3.jpg 800w” sizes=”(max-width: 399px) 100vw, 399px” />

राष्ट्र बैंकले नेपाल सरकारका प्रमखु राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर उच्च पदस्थ विदेशी नागरिकहरुको कारोबार तथा सम्पत्ति निगरानीमा राख्ने भएको छ ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलार्य जारी गरिएको एकीकृत परिपत्र-२०७८ मा संलग्न सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्था संशोधन गर्दै नयाँ परिपत्र जारी गरिएको हो  ।

राष्ट्र बैंकका अनुसार जोखिममा आधारित प्रणालीको प्रयोग गरी ग्राहक मूल्यांंकन पद्धति कायम गर्नको लागि ग्राहक र ग्राहकको हितकारीको पहिचान गर्ने, ग्राहक र ग्राहकको हितकारीबारे आवश्यक सूचना संकलन गर्ने र आवश्यकताअनुसार ग्राहकको जोखिम विवरण तयार गर्ने, नयाँ ग्राहक स्वीकार गर्ने नीति लागू गर्ने, ग्राहक र ग्राहकको हितकारीको सूचना तथा विवरण नियमितरुपमा अद्यावधिक गर्ने गरिने छ ।

arthasanjal.com/wp-content/uploads/2022/06/26-nrb-768×131.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/26-nrb.jpg 816w” sizes=”(max-width: 500px) 100vw, 500px” />

उक्त परिपत्रको ४१ नम्बर बुँदामा लेखिएको छ, ‘दफा ११ को खण्ड (छ) बमोजिमको अनुगमन प्रणाली जोखिमका आधारमा स्वचालित भए नभएको अनुगमन गर्ने र त्यस्तो अनुगमनमा लक्षित वित्तीय कारवाही, उच्च पदस्थव्यक्ति, उच्च जोखिम रहेको मुलुक, क्षेत्र तथा जोखिमयुक्त सेवा लगायतका कारोबारको अनुगमन गैर–बैंक वित्तीय संस्था सुपरीवेक्षण विभागले गर्नेछ । यस प्रयोजनका लागि एएमएल/सीएफटी स्थलगत, गैरस्थलगत सुपरीवेक्षण, जोखिममा आधारित विशेष नियमन सुपरीवेक्षण/विशेष निरीक्षण गर्न सकिने छ ।’

यसैगरी राष्ट्र बैंकले वास्तविक धनी पहिचान गर्नको लागि कुनै ग्राहकले एक वा एकभन्दा बढी वास्तविक धनीको लागि कारोबार गरिरहेको कुरा सुनिश्चित गर्नको लागि संस्थाले आवश्यक मापदण्डहरु निर्धारण गर्नुपर्नेछ ।

कमेन्ट गर्नुहोस्