सूर्यज्योति लाइफको संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

Share:

काठमाडाैं । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राखेको छ । बैंकले कम्पनीको १ लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २३२ रुपैयाँ निर्धारण गरिएको छ ।

सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी साउन २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

बोलपत्र आवेदन काठमाण्डौको थापाथलीस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।

कमेन्ट गर्नुहोस्