गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी

Share:

चितवन । गैंडाकोटको हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी भएको छ । जिल्लाकै सुविधासम्पन्न र अत्याधुनिक मानिने यो रिसोर्टमा बुधबार बिहान आगलागी भएको हो ।

आगलागीबाट मुख्य भवन जलेर क्षति भएको छ । काठैकाठबाट बनेको रिसोर्टमा विद्युत सट भएर आगो सल्किएको हुनसक्ने अनुमान छ । आगो लागेपछि कावासोती नगरपालिका र भरतपुर महानगरबाट खटिएका दमकल, प्रहरी र स्थानीयवासीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । क्षतिको एकिन विवरण संकलनको काम हुँदैछ ।

‘र्‍याम्ड अर्थ’ प्रविधि प्रयोग गरी निर्माण गरिएको रिसोर्टका सञ्चालक सन्तोष धिताल हुन् ।

कमेन्ट गर्नुहोस्