सन नेपाल एचिभर नाइट-२०८२ सम्पन्न, ३५० भन्दा बढी अभिकर्ताको सहभागिता

Share:

काठमाडौं । जीवन बीमाको माध्यमबाट नेपालीको सुरक्षा सुनिश्चित गर्ने अभिकर्ताहरूको समर्पण र मेहनतको सम्मानस्वरूप सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सन एचिभर्स नाइट- २०८२’ भव्य रुपमा सम्पन्न गरेको छ । सो कायृक्रम सौराहास्थित होटल सेभेन स्टार लिमिटेडमा सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न बिधाहरुमा सर्वोत्कृष्ट हुने अभिकर्ताहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो । एमडीआरटी २०२५, सर्वाधिक बीमालेख बिक्री, ब्यक्तिगत तथा टीम ब्यवसायमा सर्वाधिक बीमाशुल्क संकलन, सर्वाधिक अभिकर्ता सक्रियता आदि विभिन्न विधाहरुमा अब्बल हुने अभिकर्ताहरुलाई सम्मान गरिएको हो ।

साथै कम्पनीले ब्यवसायका आधारमा अभिकर्ताहरुलाई शुक्र, चन्द्र , मंगल तथा दी सन क्लब मा बर्गिकरण गरी सोही अनुसारको सम्मान पनि गरेको छ ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाइ लगायत बरिष्ठ प्रदाधिकारीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले यस प्रकारको कार्यक्रमले अभिकर्ताहरुको व्यक्तित्व बिकास भई ग्राहक बर्गमा पुर्‍याउने सेवामा थप दक्षता अभिबृद्धि गरि कम्पनी प्रतिको निष्ठा, भरोसा, मिहिनेत र बीमितप्रतिको उत्तरदायित्वको नै कम्पनीको मेरुदण्ड भएको जानकारी गराए ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशभरका १४३ शाखाबाट जीवन बीमा व्यवसाय संचालन गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्