एनपीएलमा आज दुई खेल हुँदै

41
0
Share:

काठमान्डौ/नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई वटा खेल हुँदैछन् । त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गुर्खाज तथा दिउँसो १ बजे चितवन राइनोज र जनकपुर बोल्ट्सले खेल्दैछन् ।

 

जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ । आज खेल्ने अरू तीन वटा टोलीको पनि क्वालिफायर पुग्ने गणितीय सम्भावना कायमै छ । चितवन ६ खेलमा ६ अंकसहित चौथो स्थानमा छ । काठमाडौँ ५ खेलमा ४ अंकसहित छैटौं तथा समान अंकसहित पोखरा सातौं स्थानमा छ ।

 

कमेन्ट गर्नुहोस्