कानुनमन्त्री गिरीको सम्पत्ति : ४० लाख ऋण, २३ तोला सुन

Share:

काठमाडौं । कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री पदम गिरीको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

उनले भरेको विवरण अनुसार पर्वतको कुस्मामा १ रोपनी २ आना पैतृक जग्गा, २३ तोला सुन पैतृक सम्पत्ति, एभरेस्ट बैंकमा १ लाख रुपैयाँ नगद रहेको जनाएका छन् ।

यस्तै न्यू एरा रेस्टुरेन्ट एण्ड पार्टी प्यालेस, पोखरामा ५० लाखको लगानी देखाएका छन् । यस्तै ४० लाख रुपैयाँ ऋण देखाएका छन् ।

कमेन्ट गर्नुहोस्