सुनको मूल्यमा फेरि अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?

Share:

काठमाडौं। सुन–चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्यले ९०० रुपैयाँले बढेकाे छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

यता, आज चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले बढेर १९ सय ३० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

कमेन्ट गर्नुहोस्