
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । सोमबार बिहान बसेको संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले आज बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन र विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।
कमेन्ट गर्नुहोस्