रिलायबल नेपाल लाइफले गर्यो ११ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

Share:

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु दावी हस्तान्तरण गरेको छ । कम्पनीको हाकिमचोक शाखा कार्यालयले मृत्यु दावी वापतको रकम भूक्तानी गरेको हो ।

इन्स्योरेन्सको हाकिमचोक शाखा कार्यालयबाट १० लाख रुपैयाँको जीवन बीमा गरेकी गैडाकोटकी बीमित स्वर्गिय बिष्णु राई दनुवारको श्रीमान् उदय राई दनुवारलाइ दावी वापतको १० लाख ९६ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो।

उक्त बीमा दावी भुक्तानी वापतको चेक कम्पनीको शाखा प्रमुख राजकुमार दाहालले बीमितको घरमै गई हस्तान्तरण गरेका छन् ।जसमा कम्पनीका कर्मचारी, अभिकर्ता, बीमितको परिवार लगायत स्थानीयहरुको समेत सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्