राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा ५ जना ‘सर्टलिस्ट’, को–को परे ?

Share:

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा ५ जनाको नाम ‘सर्टलिस्ट’ भएको छ।
२०८१ /०२/६ गते बसेको प्रमुख कार्यकारी अधिकृत नियुक्त सिफारिस उप- समितिको बैठकले ५ जना यस पदका लागि ५ जनालाई प्रारम्भिक छनौट गरेको हो।

छनौट हुनेमा कृष्ण बहादुर अधिकारी,देवेन्द्र रमण खनाल , प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका छन्।

छनौट भएकामध्य कृष्ण बहादुर अधिकारी नेपाल बैंक लिमिटेडका पूर्व सीईओ हुन् भने देवेन्द्र रमण खनाल हाल बैंकमै कामु सीइओका रुपमा कार्यरत छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि रिक्त सीईओ पदका लागि २० जनाले आवेदन दिएका थिए ।

कमेन्ट गर्नुहोस्