
काठमाडौं । विपक्षी दलहरुले संसदीय छानबिन समितिको टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई आग्रह गरेका छन् ।
सभामुखको सचिवालयकाअनुसार विपक्षी दलहरु बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सो अनुरोध गरेका थिए ।
अहिले कार्यदलको बैठक कानुन मन्त्रालय सिंहदरबारमा बसिरहेको छ । अहिले विपक्षी दलहरु पनि कार्यदलको बैठकको नतिजा पर्खीरहेपछि संसदको ११ बजे बोलाइएको बैठक अन्योलमा परेको छ ।
यसैबिच संसदीय छानबिन समितिको टिओआरमा सहमति जुटाउन कार्यदलको बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसिरहेको छ । विपक्षी मोर्चाको बैठक सकेर कांग्रेस नेता रमेश लेखक पनि कार्यदलको बैठकमा पुगेका छन् । यसअघि ज्ञानेन्द्र कार्की पनि कार्यदल बैठकमा थपिएका थिए ।
कमेन्ट गर्नुहोस्