काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को जेठ ४ गतेको निर्णयानुसार मर्जरपश्चात कायम भएको ‘मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट धितोपत्रमा सूचीकरण भएसँगै मर्जर प्रयोजनका लागि रोक्का रहेको कम्पनीको सेयर कारोबार फुकुवा भएको हो। नेप्सेमा नेरुडेको १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता सेयर सूचीकृत भएको छ ।
सूचीकृत भएसँगै पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई प्रतिकित्ता ५८७.८६ रुपैयाँको ओपनिङ रेञ्ज प्रदान गरिएको छ भने आईतबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुनेछ ।
कारोबारका लागि नेप्सेले कम्पनीलाई ‘एनएमएलबीबीएल’ संकेत प्रदान गरेको छ ।
कमेन्ट गर्नुहोस्