द नेपाल डिस्टीलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडकबत्ती जडान

Share:

काठमाडौं । नेपाली मदिरा ‘खुकुरी रम’ तथा न्यूड भोड्काको उत्पादक ‘दि नेपाल डिस्टीलरिज्’ले काठमाडौं महानगरपालिकाको वडानम्बर १६ को बालाजुस्थित केही सडक क्षेत्रमा पोल तथा सडकबत्ती जडान गरेको छ ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत बालाजु क्षेत्रको सडकलाई थप सुरक्षित बनाउन तथा सो क्षेत्रको सौन्दर्यीकरणका लागि यस्तो सहयोग गरेको जनाएको छ ।

व्यवस्थित सडकबत्तीको व्यवस्था भएसँगै बालाजु सडक क्षेत्र उज्यालो हुनुका साथै सो क्षेत्रको सौन्दर्य र सुरक्षामा समेत अभिवृद्धि गर्ने कम्पनीको विश्वास छ ।

खुकुरी रमको उत्पादक दि नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभाष लामिछानेले यो कार्यले कम्पनी र स्थानीयबीच सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्